दोस्रो प्राथमिकतामा परेकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौं । सरकारले आजदेखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरु गरेको छ । फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेभित्र दिइनेछ ।

उपत्यकाका १७ स्थानबाट खोप दिइनेछ । जसमा काठमाडौं जिल्लाभित्र राष्ट्रिय आयुर्वेद अस्पताल कीर्तिपुर, सशस्त्र अस्पताल बलम्बु, वीरेन्द्र अस्पताल छाउनी, शुक्रराज सरुवा रोग अस्पताल टेकु, प्रसूति गृह थापाथली, वीर अस्पताल रत्नपार्क, प्रहरी अस्पताल लाजिम्पाट, टिचिङ अस्पताल महाराजगन्ज, गंगालाल हृदयकेन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल गोकर्णेश्वर, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल छन् ।

यस्तै, भक्तपुरको जिल्ला अस्पताल भक्तपुर र कोरियन अस्पताल ललितपुरमा पाटन अस्पताल, क्रिष्ट मेडिकल कलेज र आनन्द वन अस्पताल छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ ।

यसबाहेक काठमाडौं बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने काठमाडौं जिल्ला जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस