२४ घण्टामा थपिए १२७ जना कोरोना संक्रमित

काठमाडौं । आज,शुक्रबार १२७ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२७ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये  २ लाख ६८ हजार ७९६जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ५४ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप