भ्यालेन्टाइन डे’ मा पठाओद्वारा राइडर र ग्राहक दुवैलाई प्रेममय उपहार घोषणा

काठमाडौं । ‘भ्यालेन्टाइन डेको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले आफ्ना राइडर र ग्राहक लक्षित उपहार कार्यक्रम घोषणा गरेको छ।

पठाओले आफ्ना दश उत्कृष्ट राइडरलाई भ्यालेन्टाइन डेको दिन आपसी प्रेम र सद्भाव बढोस् भनेर फ्री डिनर उपहार प्रदान गर्ने भएको हो।

उक्त योजना अनुसार उत्कृष्ट दश राइडरहरुले आफ्नो जोडी सहित डिनरमा सहभागी हुन पाउनेछन् ।

भ्यालेन्टाइन डेकै दिन पठाओ एप मार्फत खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने योजना रहेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

साथै, पठाओको दश वटा ट्याक्सीमा भ्यालेन्टाइन डेको दिन ‘मायाको पाटी’ राखिनेछ। सो दिन ट्याक्सी प्रयोग गर्ने ग्राहकहरूले आफ्नो मायालुलाई सम्झेर मायाको पाटीमा आफ्नो सन्देश लेख्न सक्छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस