फाइल फाेटाे

‘बलात्कारविरूद्ध सिंहदरबारअघि महिला मार्च’

काठमाडौँ । बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौँमा बलात्कार विरुद्ध मार्चमास गर्ने भएको छ । लगातार बलात्कारका घटना भइरहेको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गरिने भएको हो ।

शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत नागरिक आन्दोलनले जनाएको छ । नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रीता परियारलगायतले एकपछि अर्को गरी भइरहेका बलात्कार घटनामा सरकार मूकदर्शक भएको, बलात्कारीकै सुरक्षा गरेको भन्दै त्यसविरुद्ध सडकबाट चुनौती दिने बताएका छन् ।

‘मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्म- यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ,’ जारी अपिलमा भनिएको छ, ‘पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन । हाम्रा घर, संविधान, कानुन, संस्था सबै अब बदलिनुपर्छ ।’

  • हेर्नुस् अपिल :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after