रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गर्न कांग्रेस नेता डा.कोइरालाको माग

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपा प्रचण्ड-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता कोइरालाले झाँक्रीलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

उनले लेखेका छन्, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ । यो सरकार जति दिन रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पक्का छ । झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहाइको माग गर्दछु ।’ 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री