प्रचण्ड–नेपाल समुहद्वारा नेतृ झाँक्रीलाई तुरुन्त रिहा गर्न माग

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ ।बिहीबार नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नाराणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै निःसर्त र अबिलम्ब नगरी नेतृ झाँक्रीको रिहा गर्नुपर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्र्सना गर्दै केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई निःसर्त र अबिलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’

१६ माघमा गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार  झाँक्रीलाई शंमखुलस्थित निवासबाट पक्राउ गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री