शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी सामुहिक बलात्कार

मोरङ । राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घर बाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए ।

उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घर नजिक छाडेर भागेका थिए । युवकले को २२ प १८१६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

‘म शौच गर्न बाहिर निस्किएको समयमा जबरजस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुई जना केटाहरु बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरुले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’

घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिइ आफूलाई जबरजस्ती गरेको ती बालिकाले बताइन् । नागरिक दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस