करिश्मा महानायिका घाेषित

काठमाडौं । आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिएको छ । एक दशकअघि आरके इन्टरटेनमेन्ट समूहले नै नायक राजेश हमाललाई महानायक घोषणा गरेको थियो। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाललगायतले महानायिका देखिने क्राउन लगाइदिएका थिए।

नेपाली रजतपटमा तीन दशकदेखि छाएकी करिश्माले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा डेब्यु गरेकी थिइन्। कार्यक्रममा केही ख्याति कमाएका व्यक्तित्वहरूलाई सम्मान प्रदान पनि गरिएको थियो।

कलाकार नीर शाह, लोडसेडिङ हटाउने कुलमान घिसिङ, गीतकार डा. भोला रिजाल, गीतकार मीनसगर लामालगायतका व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो। सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ, महानायक राजेश हमाल र मिस ग्रान्ड नेपाल उरुषा जोशीले सम्मान समेत गरेका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस