टेलिकमले शुरू गर्‍यो २ नयाँ सेवा

काठमाडौँ ।  नेपाल टेलिकमले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले मेसिन टु मेसिन डेटा र एसएमएस प्याक सेवाको शुरूवात गरेको छ ।

एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकले कस्टोमर प्रमिसेस् इक्विप्टमेन्ट (सीपीई) प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

टेलिकमले प्रति महिना ९ सय रुपैयाँमा ६० जीबी, १५ सय रुपैयाँमा १२० जीबी र वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७२० जीवी र १६ हजार रुपैयाँमा १ हजार ४ सय ४० जीबी उपलब्ध गराउनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहॊस