आयुक्त भण्डारीले पाए नेकपा विवाद सल्टाउने जिम्मेवारी

काठमाडौँ । निर्वाचन आयोगले सत्तारुढ नेकपाका दुई समूहमा देखिएको आधिकारिकताको विवादबारे अध्ययन थालेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेका बेला आयोगले अध्ययन थालेको हो ।

आयोगले आफ्नो नियमित प्रक्रिया अन्तर्गत आयुक्तहरुको जिम्मेवारी बाँडफाँट गर्दै नेकपाको विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ । उनलाई राजनीतिक दल तथा दल विभाजनसम्बन्धी काम हेर्ने गरी जिम्मेवारी दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए ।

वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारी नेकपा ओली समूह निकट मानिन्छन् । ‘उहाँको कानुनी पृष्ठभूमि भएका कारण कानुनसम्बन्धी जिम्मेवारी दिइएको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसलाई नियमित प्रक्रिया भनेर बुझ्नुपर्छ ।’

भण्डारी नेकपा विवाद निरुपणका लागि आवश्यक अध्ययन थालेको आयोगले बताएको छ । नेकपा प्रचण्ड-नेपाल समूहले आधिकारिकता दाबीसहित गत माघ २० मा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार २० पृष्ठ लामो पत्र आयोगमा बुझाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री