ग्रिन डेभलपमेन्ट बैंकको हकप्रद लिलामी

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले बिक्री नभएको हकप्रद सेयर लिलामी गर्ने वताएकाे छ । बैंकको संस्थापक  तथा सर्वसाधारण समूह गरी ६ लाख ५१ हजार २१३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । सेयर लिलामीका लागि जेठ १० देखि बिक्री खुला भई १७ गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले वताएकाे छ ।

बैंकको संस्थापक तर्फ ३ लाख ३७ हजार ५०० र सर्वसाधारण तर्फ ३ लाख १३ हजार ७१३ कित्ता हकप्रदका लागि आवेदन नपरेपछि लिलामीबाट बिक्री गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन गत माघ १० देखि फागुन २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । पर्याप्त आवेदन नपरेपछि लिलामी गर्न लागेको जानकारी दिएकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस