मोटरसाइकल पल्टिँदा बाबु-छोराको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको ज्यान गएको छ । सुनसरीको इटहरी–२ पीपलचोकमा प्रदेश–१ ०१ ०४४ नम्बर को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाबु–छोराकै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा इटहरी–८ बस्ने ५० वर्षीय नुरजंग मल्ल र मोटरसाइकलको पछाडि बस्ने उनका बुवा ८२ वर्षीय कुबेरबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल छोराले चलाएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो । तीब्र गतिका कारण दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री