काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सभापति देउवाले सरकारसँग माग गरेका हुन् ।
अघिल्लो दिन विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी बिहीबार साँझ जंगलमा मृत भेटिएकी थिइन् । सभापति देउवाले घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।
‘बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहत भएको छु,’ देउवाले बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु । भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया #भागरथी_भट्टको #हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल #अनुसन्धान गरेर दोशीलाई #कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा #समवेदना व्यक्त गर्दछु।
— Sher Bahadur Deuba (@SherBDeuba) February 6, 2021




