मेगा बैंकको शाखा तनहुँ, स्याङजा र धनुषमा

काठमाडौँ । देशभर शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले तनहुँ जिल्लाको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा छन् भने तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको मेगा बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको नीति अनुसार मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिइरहेको छ ।

एक सातामा मेगा बैंकका ८ वटा शाखाहरु थप भएका छन् । मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after