उपराष्ट्रपति र सभामुखद्वारा शपथ ग्रहण समारोह बहिस्कार

काठमाडौँ । संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित भएका छन् । बिहान शीतल निवासमा भएको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा उपस्थित नभएका हुन् ।

नेकपा विभाजनको असर शीतल निवासमा आयोजित शपथ समारोहमा पनि देखिएको हो । उपराष्ट्रपति पुन र सभामुख सापकोटा प्रचण्ड-नेपाल समूहनिकट हुन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत उपस्थित थिए ।

सभामुख सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै यसअघि संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस