सनराइज बैंकको रामेछापमा थप दुई शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.-११ सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका-७ भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

दुई छुटाछुटैआयोजित कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका वडा नं.-११, का उप-प्रमुख माया कुमारी कार्की र उमाकुण्ड गाउँपालिका वडा नं. -७ का वडाध्यक्ष रुद्रमणी नेवारको उपस्थिती रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री