एनआईसी एशिया लघुवित्तको नाफा १५.९७ करोड

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तिय संस्थाले दोस्रो त्रैमासमा १५.९७ करोड खुद नाफा आर्जन गरेको छ । सोमबार आर्थिक बर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै संस्थाले सोको जानकारी दिएको हो ।

संस्थाले आर्थिक वर्ष २०७७र७८ को दोश्रो त्रैमाससम्ममा कर्जा लगानी ८ अर्ब ५५ करोड रुपैयाँ पु-याउन सफल भएको छ र बचत संकलन तर्फ १ अर्ब ४ करोड रुपैयाँ पुर्याउन वित्तीय संस्था सफल भएको छ ।

वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिशेयर आम्दानी रु. २१.५९ रहेको छ । त्यसैगरि संस्थाले दोश्रो त्रैमासमा खुद नाफा १५.९७ करोड आर्जन गरेको छ ।
यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम सम्झौतापत्रमा मिति पुस १० गते नै हस्ताक्षर गरिसकेको जनाएको छ ।

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने पनि संस्थाले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री