भूमि आयोगमा २३१ जना मनोनीत [सूचीसहित]

काठमाडौँ । सरकारले देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी र सदस्य तोकेको छ । उनीहरुलाई भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दिने गरी जिम्मेवारी तोकिएको हो ।

ती जिल्लामा अध्यक्ष र सदस्य नियुक्तिका लागि भूमि व्यवस्था मन्त्रालयले सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिस अनुसार माघ १५ को मन्त्रिपरिषदले सबै ७७ जिल्लामा आयोगका अध्यक्ष र सदस्य चयन गरेको हो । यसबारेको सूचना सोमबार राजपत्रमा आइसकेको छ ।

सबै जिल्लामा एकजना अध्यक्ष र दुईजना सदस्यसहित २३१ जनाले जिम्मेवारी पाएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले जिल्लामा नियुक्तहरुको पद तथा गोपनीयताको सपथग्रहण यही माघ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने भएका छन् ।

यी हुन् ७७ जिल्लाका पदाधिकारी :- सूची 

सूची हेर्न दिइएको लिंकमा क्लिक गर्नुहोस् https://drive.google.com/file/d/1HZulUyKD0g3lhVqDCIyvsOJ_pY9kttSU/view

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री