काठमाडौँ । सोमबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रहेको छ ।
त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि वृद्धि बह्येको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर तोलामा १४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




