नेपालमा कोरोना : थप १०५ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएकाकाे संख्या २८८ रहेको छ । नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५९४ रहेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस