एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संचालक समितिमा स्वतन्त्र संचालकको नियुक्ति

काठमाडाै । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले  १०२ औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ ।

सन्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उहाँसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहनुका साथै बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आउनुभएको छ । संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिनुभयो ।

यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको प्रेस विज्ञप्तिमा उल्लेख  छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस