काठमाडौँ । काठमाडौँमा बर्ड फ्लू देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं- ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो ।
पशु सेवा विभागका अनुसार त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग पुष्टि भएको हो । रोग अन्यत्र फैलन नदिन रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २५ सय वटा घरपालुवा पन्छी नष्ट गरिएको छ ।
यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागको भनाई छ । विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको समेत जनाएको छ ।
तपाईंको प्रतिकृया




