काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन नभएको बताएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले निर्वाचनमा जानु संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको बिश्वासको अभिव्यक्ति भएको बताएका छन् । उनले ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुने बताएका छन् ।
- उनले भनेका छन् –
‘नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन । संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो । केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिकोलागि पनि ताजा जनादेश उपयुक्त हुन्छ ।
बहुमत प्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेवारे संविधानमा केही अस्पष्टता छ,त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ । यसमा व्याख्याको जरुरी छ । संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो । संविधानको आशय स्थिरता हो । विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ ।
विगतको अनुभव दृष्टिगतगर्दै संविधानले स्थिरतालाई जोडदिएको हो । चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन। वहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो ।
निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जनागर्ने कार्यले बरु संविधान र प्रजातन्त्रलाई कमजोर बनाउंछ । सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णयगर्न ढिलो हुंदा राजनीतिक दल/नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ ।’
प्रतिकृया दिनुहॊस