निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले आज (शुक्रबार) नेकपाको दुवै पक्षसँग छलफल गर्दैछ । आयोगले आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग छलफल गर्न बोलाएको हो ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्न लागेको हो । निर्वाचन प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५–५ जनालाई आज बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

आगामी वैशाख १७ र २७ घोषित निर्वाचनलाई लिएर आयोजले दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई समूहलाई छलफलमा बोलाएको हो । प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार नेकपा आधिकारिकता विवादसम्बन्धी विषयमा समेत छलफल हुने बताए ।

आयोगले नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई अस्वीकार गर्दै दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै माघ १२ पत्र पठाएको थियो । आयोगले बोलाएको छलफलमा जाने–नजाने भन्नेबारेमा नेकपाका दुबै पक्षको कुनै प्रतिक्रिया बाहिर आएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस