काठमाडौं । धार्मिक मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ । मंगलवार बेलुका ५ बजेर ५३ मिनेटसम्म औशी तिथी रहने अनि त्यसपछि अधिक जेष्ठ शुक्लपक्ष सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् । अन्य महिनामा २ पक्ष मात्र भएपनि मलमास अबधिभर ४ पक्ष रहन्छ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता रहेकाे छ ।
विवाह पछिको पहिलो वर्षमा पर्ने मलमासमा श्रीमानकाे घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भएर जन्मने शिशु रोगी हुने भएकाले मलमास बार्नुपर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले न्युज दैनिकलार्इ वताए ।
मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम महात्म्य सुन्ने तथा दान गर्ने परम्परा रहेकाे छ । मलमास सुरु भएसंगै किर्तिपुरको मच्छेगाउमा भाेलिदेखि एक महिने मेला लाग्दैछ ।




