प्रहरीको टोलीमाथि आक्रमण गर्ने पक्राउ

डोल्पा। प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् ।

उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– ३ जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको छ ।

नेपाल बन्द आह्वानको सिलसिलामा गत वैशाख ३० मा पक्राउ परेका डोल्पा मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठूलीभेरी नगरपालिकाको– ९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर भगाएपछि प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री