आजको मौसमः हुस्सु, बदली र हिमापातको सम्भावना

काठमाडौँ । अहिले देशका पहाडी भू-भागमा बदली भएको छ भनेतराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको राजस्थान र आसाम आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले बदली भएको हो ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

माघ १६ गते शुक्रबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का हिमापातको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का हिमापातको सम्भावना छ।

माघ १७ गते शनिबार
दिउँसो : प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : प्रदेश नम्बर १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।

माघ १८ गते आइतबार
दिउँसो : प्रदेश नम्बर १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।

राती : प्रदेश नम्ब। १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का हिमापातको सम्भावना साथै तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री