एन आई सी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने सुविधा

काठमाडौँ ।  एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको iServe डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ ।

उक्त iServe  भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी  Verify गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ र त्यसपश्चात ग्राहकले  Instant Card  वा Name Embossed Card  तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ ।

यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस (SMS) मार्फत  reference  कोड सहित जानकारी गराइनेछ ।

ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकहरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ ।

उक्त reference कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गर्नुभएको डेबिट कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकले ल्याएको यस अनलाईन डेबिट कार्ड अनुरोध सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री