मन्दिरको क्षमा पूजाले अपराधको दण्डबाट मुक्ति पाइँदैन : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दण्डबाट मुक्ति पाउन मन्दिरको क्षमा पूजाबाट सम्भव नभएको बताएका छन् । सोमबार शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका विषयमा प्रतिक्रिया दिँदै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेकै दिन शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिक अभियन्ताविरुद्ध प्रहरीले पानीको फोहरा र लाठी बर्साएको थियो । यसैलाई इंगित गर्दै कोइरालाले सोमबारको बर्बरताका लागि नागरिक समाजसँग क्षमा माग्न आग्रहसमेत गरे ।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन,’ नेता कोइरालाले भने, ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोशको आत्मालोचनाबाट नै ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस