२४ घण्टामा थपिए ३३९ जना कोरोना संक्रमित,७ जनाको मृत्यु

काठमाडौं । आज,सोमबार ३३९ जनामा कोरोना पुष्टि भए​को छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३९ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ६४ हजार ५३८ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ११ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री