२४ घण्टामा थपिए २७० जना कोरोना संक्रमित

काठमाडौं । आज,आईतबार २७०  जनामा कोरोना पुष्टि भए​को छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७० जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५०  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ६४ हजार १३७ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार १ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस