२७ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको नाफा, काेराेनामा पनि बैंककाे अवस्था समुन्नत

काठमाडाै । चालु आर्थिक वर्ष (७७/७८) को दोस्रो त्रैमासमा सिटिजन्स बैंकको खुद नाफा २७.२६ प्रतिशतले बृद्धि भएकाे छ । आर्थिक वर्ष ७६/७७ को दोस्रो त्रैमासमा बैंकले ६८ करोड ७७ लाख नाफा आर्जन गरेकाेमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८७ करोड ५१ लाख खुद नाफा कमाएको छ ।

बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८० लाख रहेको बैंकले जानकारी दिएकाे छ । बैंकको निक्षेप १८.८५ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब पुगेको छ । कर्जा प्रवाह ११.२७ प्रतिशतले बढेर ८७ अर्ब ८७ करोड छ भने बैंकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड भएकाे छ । ९ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको साे बैंकको रिजर्भमा ४ अर्ब ३१ करोड छ ।

त्यस्तै बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट बढेर २.४२ प्रतिशत पुगेको बैंकले जानकारी दिएकाे छ । बैंककाे प्रति शेयर आम्दानी १७.८३ रहेको छ । उता प्रति शेयर नेटवर्थ १४३.९५ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १६.५५ गुणा, बेस रेट ८.२५ प्रतिशत, स्प्रेड दर ४.०८ प्रतिशत, कोषको लागत ६.३८ प्रतिशत, र सिसिडि ७२.९१ प्रतिशत रहेको ब‌ैंकले जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस