काठमाडाैं । हाल देशको पूर्वी र मध्य भू–भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, प्रदेश २, बागमती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु लागेको अवस्था छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ।
आज राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ ।
तपाईंको प्रतिकृया




