श्री इन्भेष्टमेन्टको आठौं शाखा हर्कपुरमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले गैँडाकोट न.पा ११, हर्कपुरमा रहेको एक्स्टेन्सन काउन्टरलाई आफनो आठौं शाखाको रुपमा विहीवार एक औपचारिक कार्यक्रम गरी शाखा समुदघाटन गरेको छ ।

कार्यक्रमको अध्यक्षता कम्पनीका नायव कार्यकारी प्रमुख खिम बहादुर कार्कीले गर्नु भएको थियो । प्रमुख आथित्यता गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गर्नु भएको थियो ।

केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको यस फाइनान्सको हाल विराटनगर, हर्कपुर, रजहर, कावासोती डण्डा, भैरहवा, तौलिहवा तथा ओदारी, कपिलवस्तुमा गरि ८ वटा शाखा सञ्चालनमा रहेका छन् भने छिटै देशका विभिन्न पाँच स्थानमा शाखा विस्तारको क्रममा रहेको छ ।

कम्पनीको वर्तमान अवस्थाको बारेमा कम्पनीका नायव कार्यकारी प्रमुख खिम बहादुर कार्कीले प्रष्ट्याउनु भयो । उक्त कार्यक्रममा प्रमुख अथिति छत्रराज पौडेल, प्रहरी नायव उपरिक्षक गगन श्रेष्ठले शाखाकोे सफलताको शुभकामना दिनु भएको थियो ।

कम्पनीका अर्का नायव कार्यकारी प्रमुख अनिल जोशीको समेत उपस्थिति रहेको थियो ।हाल कम्पनीको चुक्ता पूँजी त्रिसठ्ठी करोड एक्काइस लाख, निक्षेप ३ अर्व ४३ करोड तथा कर्जा लगानी ३ अर्व ३० करोड रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री