महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लि. को आर्थिक सहयोग तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग र जागरुकता समाज नेपालको आयोजनामा  का.म.न.पा वडा नं २२ न्यूरोडस्थित हिमालयन माध्यमिक विद्यालयमा का.म.न.पा वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनको प्रमुख आतिथ्यमा दन्त शिविर तथा मुखको स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा पुस्तक वितरण कार्यक्रमको आयोजना गरियो ।

उक्त कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका गरी ११५ जना विद्यार्थीहरुको दन्त परिक्षण गरिएको थियो भने महालक्ष्मी विकास बैंक लि.का न्यूरोड शाखा प्रमुख  हरेकृष्ण वाग्लेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हिमालयन माध्यमिक विद्यालयमा अध्ययनरत जेहन्दार तथा आर्थिक रुपमा कमजोर परिवारका ८ जना विभिन्न कक्षाका विद्यार्थीहरुलाई पाठ्यपुस्तक सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख आतिथि चिनीकाजी महर्जनज्यूले यस्ता सामाजिक कार्यहरुमा सहयोग गर्दै आएकोले महालक्ष्मी विकास बैंकलाई विशेष धन्यवाद दिनुभएको थियो भने विद्यालयका प्रधानाध्यापक  हिरा लक्ष्मी श्रेष्ठले पनि यस प्रकारको कार्यक्रम यस विद्यालयमा पहिलो पटक भएको र यस कार्यक्रमले विद्यालयका बालबालिकाहरु आफ्नो स्वास्थ्य प्रति सचेत हुनुका साथै आर्थिक अवस्था कमजोर भएका परिवारका वालवालिकाहरुलाई धेरै सहयोग पुगेको कुरामा जोड दिनु भएको थियो । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री