उदयपुरको कटारीमा मुक्तिनाथ विकास बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कटारी नगरपालिका वडा नं.३, गोलपार्कमा आफ्नो ७९ औं शाखा विस्तार गरेको छ । बैशाख २७ गते बिहीवार उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।खड्काले आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग तथा ग्रामीण बैंकिङ्ग एकै साथ संचालन गर्ने नेपालको पहिलो वित्तीय संस्थाले यस क्षेत्रमा आफ्नो कारोबार मार्फत सम्पूर्ण जनतालाई आवश्यक पर्ने वित्तीय सेवा प्रदान गर्न गईरहेकोमा खुसी व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री