जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् ।जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।
मोदी विमानस्थलबाट सिधै जानकी मन्दिर पुग्ने छन् र केहीबेरमा मोदीले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ ।
नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ । उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् । होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।मोदीले आजै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
तपाईंको प्रतिकृया




