वरिष्ठ पत्रकार चेम्जोङद्वारा लिखित पुस्तक बिमोचन

काठमाण्डौ । वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ नामक पुस्तक बजारमा आएको छ । समग्र उदयपुर जिल्लाको गहन ईतिहास बोकेको पुस्तक शताब्दिपुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले गर्नु भएको हो ।

ईतिहासविद् जोशीले विहिबार एक कार्यक्रम विच बखुम्बहाल मंगलबजार स्थित सत्यमोहन जोशी लोकसाहित्य भबनमा पुस्तक लोकार्पण गर्नु भएको थियो ।
लामो अध्यायन, खोज र संस्लेशन प्रष्ट झल्किएकाले यो नेपालकै ईतिहासमा दर्ज हुने कार्यक्रममा सहभागी हुनेहरुको भनाई छ । त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पोखरेलले नेपालको ईतिहासमा एउटा अर्काे अध्याय थपिएको बताउनु भयो । उनले बरिष्ट पत्रकार चेम्जोङ अब, ईतिहासकार पनि भएको बताउनु भयो ।

उनले पुस्तकको समिक्षात्मक टिप्पणी गरेका थिए । सिंगो पुस्तकको समिक्षा गर्दै प्राध्यापक डाक्टर बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रिहरुका साथ ईतिहास् प्रस्तुत गरिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार पुस्तकमा नेपालको ईतिहासमा मानव सभ्यता, एतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसंग जोडिएको प्रमाण पेश गरिएको छ ।
किराँत सभ्यता र अस्तित्वलाई प्राथमिकता दिईएको छ । पुस्तकले त्रियुगा सभ्याताको अहिलेसम्मकै ठोस, गहन जनाकारी र तथ्य पस्किएको छ । ईतिहास अध्यायनका लागि पुस्तक महत्वपूर्ण र उपयुक्त रहेको उहाँको भनाई थियो ।

पुस्तकका लागि पत्रकार एवम् ईतिहासकार चेम्जोङले २२ वर्ष लामो समय अध्यायनमा समय खर्चेको कार्यक्रममा जानकारी दिईयो । पुस्तक प्रकाशनको क्रममा उहाँले उदयपुरको कुनाकुना, कन्दराहरु चहारेका थिए ।

लेखक चेम्जोङले विमोचन समारोहमा बोल्दै आफ्नो बुबाले दिएको पुरानो एतिहासिक सिक्काबाट प्रेरित भई पुस्तकतर्फ लागेको बताउनुभयो । उहाँले सदा ईतिहासको विद्यार्थिको रुपमा गहन अध्यायन र खोजका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । चेम्जोङद्धारा लिखित पुस्तक काठमाडौं, उदयपुर लगायत अन्य जिल्लाहरुको पुस्तक पसलहरुमा पाईनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कतारबाट फर्केका सिकेन्द्रलाई सिनामंगलमा बन्धक बनाएर ५ लाख माग्ने पक्राउ

काठमाडौं । कतारबाट फर्केका एक युवकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस