भालुको आक्रमणबाट २ गम्भीर घाइते

डोटी ।  भालुको आक्रमणबाट २ गम्भीर घाइते भएका छन् । डोटीको आदर्श गाउँपालिका-१ मा जङ्गली भालुको आक्रमणमा परी ८४ वर्षीय रामबहादुर खड्का र उनकी पाँच वर्षीया नातिनी सरस्वती खड्का गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकैउनीहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री