बिहीवार थप ४ सय १२ जनामा कोरोना, ४ संक्रमितको मृत्यु

काठमाडाै । पछिल्लो २४ घन्टामा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार थप ४ सय १२ जनामा कोरोना संक्रमण पाइएको वताएकाे छ। यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।

बिहीवार ४ सय ८३ जना संक्रमित भाइरसमुक्त भएका छन् भने ४ संक्रमितको मृत्यु भएको छ ।  बिहीवारसम्ममा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना रहेको  छ । हालसम्म २ लाख ५६ हजार ६ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । १ हजार ९ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री