पर्वतीय क्षेत्रको व्यवसायमा एमएमबि बैंकले लगानी गर्ने

काठमाडौं । काठमाण्डौ । एनएमबि बैकले पर्वतीय क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि वित्तीय स्रोत (कर्जा) उपलब्ध गराउने भएको छ ।एनएमबि र इसिमोड (एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र) बीच बुधबार उक्त समझदारी भएको हो।

उक्त सम्झौता पत्रमा एनएमबिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी र इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने छन् ।

सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई संबोधन गर्नेछ जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस