भार्गव विकास बैंकको ७ लाख ५३ हजार कित्ता हकप्रद सेयर लिलामीमा

काठमाडौं । भार्गव विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामी हुने भएको छ । चुक्तापूँजी बढाउन बैंकले निष्कासन गरेकोमध्ये संस्थापक र सर्वसाधारणको गरी ७ लाख ५३ हजार कित्ता हकप्रदका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामी गर्न लागेको हो ।

संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ र सर्वसाधारणको ८५ हजार ६६४ कित्ता सेयर रहेको छ । सेयर खरिद खुला जेठ २ गतेबाट सुरु भई १० गते बन्द हुने बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले कात्तिक २४ देखि पुस १४ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस