माछापुच्छ्रे बैंकले गर्‍यो गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टबीच छुट सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले गोकर्ण फरेस्ट र पार्क भिलेज रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र दुई रिर्सोटबीच छुट सम्झौता भएकाे हाे ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यसैगरी पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा बैंकका ग्राहकहरुले १०प्रतिशतसम्म छुट पाउनेछन् ।बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर काेड प्रयाेग गरी बिल भुक्तानी प्रदान गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री