अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको सन्देश- ‘देश विकास र समृद्धिको उचाईमा पुग्नेछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र समृद्धिको नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले आगामी वर्ष विकास र समृद्धिका लागि सरकारले बसालेको जग अझ देखिने गरी थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

नेपाली जनताको जीवन सुखी बनाउने सरकारको अभियान सार्थक बिन्दु नजिक पुगेको प्रधानमन्त्रीको भनाई छ । ‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाईमा पुग्नेछ’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ । आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ ।’

सन् २०२० मा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड(१९ को सामना गर्नु परेको र त्यसको क्षतिलाई न्युन गर्न नेपाल सफल भएको दाबी प्रधानमन्त्रीको छ । ‘यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्‍यायो । संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रो भन्दा कयौं गुणा बढी क्षति बेहोर्नु पर्‍यो’, ओलीले भनेका छन्, ‘हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड-१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस