सानिमा बैंकद्वारा ओम्नी च्यानल डिजिटल बैंकिङ्गको सुरुवात

काठमाडौं । सानिमा बैंकले ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सेवाकाे सुरूवात गरेकाे छ । याे सेवा सानिमा बैंकले नेपालमा पहिलाे पटक सुरूवात गरेकाे हाे ।

बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नाे मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको हो ।

सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, टेबल र ल्यापटप कम्प्यूटरबाट पनि चलाउन सकिन्छ । नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् । त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुविधा पाउन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after