काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा लागु औषध ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।बर्दियाको राजापुर नगरपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने ३० वर्षे पंकज पुरी, नुवाकोटको वागेश्वरी-५ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका-५ बस्ने १८ वर्षे प्रदीप लामिछाने, गोरखा आरुचनौटे-१ घर भइ काठमाडौं महानगरपालिका-२६ मित्रनगरमा बस्ने ४७ वर्षे किरण श्रेष्ठ र बर्दियाको मधुवन-५ घर भइ काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २८ वर्षे थिरबहादुर बस्नेत पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १३ग्राम ब्राउनसुगर , एक लाख ३० हजार नगद र ५ थान मोवाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




