काठमाडौंमा यो वर्षकै चिसो, तापक्रम १.१ डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौंको बिहानको तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शनिबार बिहान १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । सोमबार बिहान २ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंको मंगलबार दिउँसोको तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यसैबीच जुम्लामा सोमबार बिहानको तापक्रम माइनस ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस