सिटिजन्स बैंकद्वारा आयोजित रक्तदान कार्यक्रममा ३४४ जना रक्तदाताद्वारा रक्तदान

“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नाराका साथ २०६४ बैशाख ७ गते देखि २०आै वाणिज्य बैंकको रुपमा स्थापना भई जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याउँदे आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एघार वर्ष पूरा गरी बार्हौ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

एघारााै वार्षिकोत्सवको अवसरमा बैंकले ”रक्तदान जिवनदान“ को नारालाई सार्थक बनाउँदैे नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

बैंकले उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त सामाखुशी, बौद्ध, ठिमी, कीर्तिपुर शाखाहरु तथा उपत्यका बाहिरका बीरगंज, बिराटनगर, सिमलचौर पोखरा नेपालगंज र महेन्द्रनगर गरी कुल १० स्थानबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय नारायणहिटी पथमा सम्पन्न रक्तदान कार्यक्रममा ३५, सामाखुशी शाखामा ४२, बौद्ध शाखामा ४४ , ठिमी शाखामा २९, कीर्तिपुर शाखामा २०, बिराटनगर शाखामा ३९, बिरगंज शाखामा ७० , सिमलचौर पोखरा शाखामा ४१, महेन्द्रनगर शाखामा १९ र नेपालगंज शाखामा ५ गरी कुल ३४४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६९वटा ए.टि.एम.बाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको यस बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रैमास सम्ममा रु.६० अर्व २५ करोड निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोहि अवधि भित्र रु.१ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र रु.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२.Þ७२ र १४ं.३९ प्रतिशतले वृद्धि भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री