काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पार्टीले आह्वान गरेको देशभर प्रदर्शनमा सहयोग गर्ने सबै जिल्लामा परिपत्र गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको हठात संसद विघटनविरुद्ध कांग्रेसले पुस १३ गते देशभर आन्दोलनको घोषणा गरेको छ । उक्त आन्दोलनलाई प्रभावकारी बनाउन अध्यक्ष जितजंग बस्नेतले आज एक पत्र पठाउँदै सबै जिल्ला समितिहरुलाई निर्देशन दिएका हुन् ।
त्यस्तै पुस १६ गते पार्टीले देशभर मनाउन लागेको राष्ट्रिय एकता दिवसका अवसरमा समेत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्न समेत अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।
- हेर्नुहोस् परिपत्रको पूर्णपाठ :-

तपाईंको प्रतिकृया




