नेकपाका बहुमत सांसदले छाने प्रचण्डलाई संसदीय दलको नेता

काठमाडौं । नेकपाका धेरैजसाे सांसदहरूको बैठकले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेतामा चयन गरेको छ। संसद् भवन नयाँ बानेश्‍वरमा बसेको प्रचण्ड तथा माधव नेपाल पक्षका सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो।

साे बैठकले संसदीय दलको नेतामा प्रधानमन्त्री केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको हो । बैठकमा नेकपाका १७४ मध्ये ९३ सांसद सहभागी भएका थिए। याे भन्दा अगाडि प्रचण्ड- नेपाल समूहको नेकपाको मंगलबार बसेकाे बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेर रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

प्रचण्ड नेपाल पक्ष समूहको वर्तमान प्रतिनिधिसभाका सदस्यहरुको सोमबार पनि बैठक बसेको थियो। उक्त बैठकमा ९० जना सांसदहरुको सहभागी थियो। उता ओली पक्षले मंगलबार केन्द्रीय कमिटी विस्तार गरी सदस्यहरुको नामावलीसहित निर्वाचन आयोगमा दर्ता गरिसकेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस